सुनचाँदीको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०८१-११-२१ ०१:४१ मा प्रकाशित
Total Shares: 126
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

.gif)




फेसबुक पेज Like गर्नुहोस