काठमाडौं - थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच पहिलो चरणको वार्ता सकिएको छ । 

मंगलबार दिउँसो गृह मन्त्रालयमा सुरु भएको वार्तामा भर्खरै सकिएको स्रोतले बतायो । आज दुबै पक्षले आ-आफ्नो कुरा राखेको बताइएको छ । पर्सि थप छलफल हुनेछ । 

गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् । 

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्नेलगायतका १९ बुँदे माग राखेर केही दिनदेखि  थरुहट संघर्ष समिति आन्दोलनमा छन् ।