काठमाडौं - काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र शव भेटिएको छ। 

घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको हो । हत्या गरेर शव फालेको हुनसक्ने अनुमान छ । 

हाल महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ । केहीबेरमा घटनाको विस्तृत विवरण आउने बताइएको छ ।