काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३३७० र एन्टिजेन विधिबाट ११०२ जनामा संक्रमण पुष्टि भएको हो । 

सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ५ लाख ९१ हजार ४९४ र एन्टिजेनबाट १४ हजार ६६१ जना पुगेको छ । 

यस्तै, आज थप ६ हजार ९५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । 

आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ९९० पुगेको छ ।निको हुनेको दर ८४.२ प्रतिशत छ । 

No photo description available.