घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’
खबर एक्सप्रेस
२०७९-०६-२६ ०७:३१ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न त्रिभुज दिएको भूसालले बताए । उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको रुपमा व्याख्या गरेका छन् । भुसाललाई सत्ता गठबन्धनको समर्थन छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस