काठमाडौं - प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा देखिन लागेका छन्। 

नेकपा एमालेले पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर यही जेठ २० र २१ गतेदेखि दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ।