सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक
खबर एक्सप्रेस
२०७९-०५-०२ ०७:२८ मा प्रकाशित
Total Shares: 214
काठमाडौं - सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ ।
चुनाव आगामी मंसिर ४ गते तय भएको छ । कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस