काठमाडौं - मन्त्रिपरिषद बैठक आइतबार बस्दै छ । बालुवाटारमा बेलुकाको समय बस्न लागेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्ने स्रोतले जनाएको छ ।
आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्ने तयारी रहेको छ । त्यस्तै, लकडाउनका कारण मर्कामा परेको न्यून आय भएका, दैनिक ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने पनि सरकारको तयारी रहेको छ ।
मन्त्रीपरिषदको बैठक बस्नुभन्दा अगाडि अपरान्ह १ बजे नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बस्नेछ।

.gif)



