काठमाडौं - नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौँको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौँ महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा गरी बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गर्दै नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।