कोरोना संक्रमण : चीनबाट ल्याएपछि १४ दिन निगरानीमा
खबर एक्सप्रेस
२०७६-१०-२१ ११:०० मा प्रकाशित
Total Shares: 305
काठमाडौं - चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।
प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलवार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निमोनिया गराउने नोबेल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ ।
उक्त घोषणापछि सबभन्दा जोरिहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस