सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर हो : प्रधानन्यायाधीश
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् ।
प्रधानमन्त्री ओली पक्षीय अधिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन् ।
सरकारी पक्षका अधिवक्ता परशुराम कोइरालाले जेठ १४ गते गठन गरिएको संवैधानिक इजलासमाथि रिट निवेदकले जे प्रश्न उठाएका थिए आफूहरुले पनि त्यही प्रश्न उठाएको बताए । ‘१४ गतेको बेन्च भत्किंदै गर्दा जे प्रश्न थियो अहिले फेरि त्यही प्रश्न छ । अनि अहिले कारबाहीको कुरा गर्ने श्रीमान् ?’ कोइरालाले प्रश्न गरे ।
जवाफमा प्रधानन्यायाधीश जबराले न्याय परिषद ऐन अनुसार सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हुने बताए । ‘न्याय परिषद ऐन हेर्नुहोस् । सबै न्यायाधीशले मुद्धा हेर्न मिल्दैन भन्नु कसूर हो । त्यसैले मैले अपहेलना सम्झाएको हुँ’ उनले भने ।
यसअघि प्रधानन्यायाधीश जबराले सो निवेदन फिर्ता लिन आग्रह गरेका थिए । अन्यथा कठिन रुपमा मानहानीको मुद्धा चलाउने चेतावनी दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस