समाजवादी पार्टीले सरकार छोड्यो
खबर एक्सप्रेस
२०७६-०९-०८ ११:०० मा प्रकाशित
Total Shares: 358
काठमाडौं - केपी ओली नेतृत्वको सरकारमा सहभागी समाजवादी पार्टीले सरकार छोडेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा कानून मन्त्री उपेन्द्र यादवको संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री ओलीले रोकेपछि समाजवादी पार्टी सरकार छोड्ने पक्षमा देखिएको थियो ।
संविधान संशोधन नहुने देखिएपछि पार्टीभित्रैबाट सरकार छोड्न दबाब आइरहेको अवस्थामा मंगलबार बिहान पार्टीको पदाधिकारी बैठक बसेर सरकार छोड्ने निर्णय गरेको हो ।
हाल समाजवादी पार्टीबाट सरकारमा यादवसहित मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् ।
फेसबुक पेज Like गर्नुहोस