यस्तो छ आइतबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानीय वायुको प्रभाव रहेको छ । देशको पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।
पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती भने देशको पूर्वी पहाडी भू-भागमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पूर्वी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस