राप्रपाद्वारा गणतन्त्रविरोधी आन्दोलनको मस्यौदा पारित
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।
बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ ।
राप्रपाले राजसंस्था, हिन्दुराष्ट्रको पुनस्स्थापना, संघीयता खारेजी र सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको हो ।
आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दलहरु संघ संस्थाहरु र अभियान्तालाई आह्वान गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।
मस्यौदा समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय पनि भएको छ। राप्रपाले पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक गर्ने तयारी गरेको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस