नेकपा स्थायी कमिटीको बैठक स्थगित, अर्को बैठक ६ गते बस्ने
काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका हुन् ।
असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक २० गतेदेखि निरन्तर स्थगित हुँदैआएको छ । शनिबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा दुई अध्यक्षले सहमति गरेरै पार्टीको आन्तरिक गतिरोध अन्त्य गर्ने विषयमा एकमत हुनुभएपछि सहमतिको प्रयासका लागि पुनः बैठक सारिएको छ । बालुवाटारमा हिजो भएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोलीले चाँडै महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राख्नुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको पार्टी स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले आगामी मंसिरमित्र महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको बुझिएको छ । प्रक्रिया पु¥याएर नेतृत्व हस्तान्तरणको वातावरण मिलाउन गर्नुभएको प्रधानमन्त्री ओलीको आग्रहमा अध्यक्ष प्रचण्ड सहमति जनाएको नेताहरुले बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस