काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने निर्णय गरेको छ ।

आइतवार पार्टी कार्यालय धुम्बाराहिमा बसेको संगठन विभागको बैठकले आगामी मंसिरभित्र सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। अब पार्टी सदस्यता नवीकरणका लागि परिपत्र जारी हुनेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ । नेकपामा २०७४ सालदेखि कुनै पनि पार्टी सदस्यको सदस्यता नवीकरण भएको छैन ।

नेकपाको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले चैत २५-३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनका लागि सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ ।