काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुनै जात नरहेको बताएका छन् ।

आइतबार पेरिसडाँडामा आयोजित ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘म त जात त्यागेको मान्छे । प्रचण्ड जात होइन । प्रचण्डभित्र दलित छ, आदिवासी छ, महिला छ, मुस्लिम छ । पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र ।’प्रचण्डले भने । 

आफू कम्युनिष्‍ट पनि दलितबाट बनेको प्रचण्डको भनाई छ । आफूले कम्युनिष्‍ट पार्टीको सदस्यता रूपलाल विश्वकर्मा र रणेन्द्र बराइलीबाट लिएकोसमेत उनले स्मरण गरे ।