काठमाडौं-एसीसी मेन्स प्रिमियर कपको ‘प्लेयर अफ द टुर्नामेन्ट’ सन्दीप लामिछाने बनेका छन्।

सन्दीपले ५ खेल खेल्दा १३ विकेट लिएका थिए। उनले जम्मा १६१ डट बल फाले भने उनको इकोनोमी रेट ३.७९ रहेको थियो।

सन्दीपले कतारविरुद्ध अलराउन्ड प्रदर्शन गरेका थिए। सन्दीपले कतारविरुद्ध अविजित ४२ रन बनाएका थिए भने शानदार बलिङ गर्दै ५ विकेट लिएका थिए।

त्यस्तै, फाइनल खेलमा २ विकेट लिएका थिए।