काठमाडौं - सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला प्रयोगमा तत्काल पूर्ण प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न भन्दै उक्त अन्तरिम आदेश जारी गरेको हो । प्लास्टिकको झोला (४० चालिस माइक्रोनभन्दा पातलो) को प्रयोगबाट सिर्जना हुने प्रतिकूल वातावरणीय प्रभाव वा दुर्घटनालाई रोकी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको संरक्षण गर्न अपरिहार्य देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।