अष्ट्रेलियाको भिक्टोरियामा ६ म्याग्नेच्युडको भूकम्पको धक्का
खबर एक्सप्रेस
२०७८-०६-०६ ०८:५८ मा प्रकाशित
Total Shares: 333
काठमाडौं,एजेन्सी - अष्ट्रेलियामा भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा को भिक्टोरिया केन्द्रविन्दु भएर भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।
बिहान ९ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म त्यसको धक्का महसुस गरिएको बताइएको छ ।
केही ठाउँमा आवासीय घरहरू भत्किएका तस्बिरहरु सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस