गच्छदारलाई भ्रष्टाचार मुद्दा लाग्दा कांग्रेसले अवरुद्ध गर्यो संसद
खबर एक्सप्रेस
२०७६-१०-२४ ११:०० मा प्रकाशित
Total Shares: 286
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चल्दा बिहीवारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
ललिता निवास जग्गा प्रकरणमा उनीमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसका सांसदहरूले सदन अवरुद्ध गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ललिता निवास प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तत्कालीन प्रधानमन्त्रीलाई छुट दिएर प्रतिपक्ष भएकै कारणले उनलाई मुद्दा चालाइएको कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस