नेकपा सचिवालय बैठक बस्दै, गौतम र कार्यदलबारे छलफल हुने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बिहिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ ।
आजको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । साथै, महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।
यसअघि कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएको थियो । तर, सचिवालय सदस्यद्वय रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बसेपछि बैठक भदौ १८ गतेलाई सारिएको थियो ।
आजको सचिवालय बैठकमा स्थायी कमिटीबारे पनि छलफल हुनसक्ने स्रोतको दावी छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस