काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका ललितपुर महानगरपालिका-२२ बुङ्मतीका ५६ वर्षीय पुरुषको अन्त्येष्टि गरिएको छ। 

बिहीबार साँझ  पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको हो। अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको थियो। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललेका अनुसार अन्त्येष्टिको जिम्मा सेनालाई दिइएको हो। 

सेनाको विशेष टोलीले बिहीबार साँझ मृतकको शव व्यवस्थापन गरेको हो। मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट टे«सिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ।