काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले अब देशमा लकडाउन नहुने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले देशमा लकडाउन नहुँने भन्दै त्रसित नहुन आग्रह गरेका हुन् ।

उनले भने, ‘कोभिड–१९ रोक्न सरकार जस्तोसुकै प्रभावकारी कमदहरु चाल्न छ तर हामी लकडाउन गर्ने मनस्थितिमा छैनौं । ढुक्क हुनुहोस्, देशमा लकडाउन हुँदैन् ।’

कोरोना संक्रमण नियन्त्रणमा लकडाउनले महत्वपूर्ण भूमिका खेल्ने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने उनले बताए । ‘हामी यो चाहँदैनौँ कि नेपाल फेरि लकडाउनको अवस्थामा जाओस् । किनकि लकडाउनले जनजीविकालाई पार्ने प्रभाव, समाजलाई पार्ने प्रभाव, अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव दीर्घकालिन रुपको हुने रहेछ,’ उनले भने ।