काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने २७१ जना संक्रमणमुक्त भएका छन् ।