नेपाल राष्ट्र बैंकको सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त
खबर एक्सप्रेस
२०७९-०२-११ १२:५६ मा प्रकाशित
Total Shares: 188
काठमाडौं - सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो ।
सञ्चालकद्धय रामजी रेग्मी र श्रीराम पौडेलको नियमित कार्यकाल पूरा भएपछि वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो । नियुक्त भएका शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् ।काठमाडौं
फेसबुक पेज Like गर्नुहोस