पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०६-१५ ०७:३५ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । ‘पुनर्निर्माणको काममा सकृय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएको छ ।’ उनले भनेका छन्, ‘तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।’
ज्ञवालीको परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस