सभामुख सापकोटाको संवैधानिक आयोगमा नियुक्ति बदर मुद्दामाथि आज सुनुवाइ हुँदै
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
सभामुख सापकोटाले शुक्रबार अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी लगायत ३७ जनालाई विपक्षी बनाइ रिट दर्ता गराएका छन् ।
संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको फाइल संवैधानिक परिषद्मै फिर्ता पठाएका थिए। तर त्यसका बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख सर्वोच्च अदालत पुगेका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस