काठमाडौं - बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ । खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दहीमा एन्टिअक्सिडेन्टनामक तत्व हुन्छ । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त मात्रामा हुन्छन् ।

बिहान एक कप र दिउँसो एक कप ग्रिन टी पिउने गरेमा शरीर विकाररहित तत्व हटाउन मद्दत गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रित गर्न पनि मद्दत पुग्छ ।

आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।

गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने गर्छ ।

अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने गर्नाले फाइदाजनक हुन्छ ।

धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई हटाउन मद्दत गर्छ । धनियाँको नियमित सेवन गर्नाले मिर्गौला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुन्छ ।