कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक बस्दै
काठमाडौं - कोरोना भाइर (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सुरु भएको हो।
बैठकमा, कोरोना नियन्त्रणमा भइरहेका प्रयास, लकडाउनको प्रभावकारिता, लकडाउनको समय थप गर्नेलगायत विभिन्न विषयमा छलफल गर्दैछ। उच्चस्तयरीय समितिकै सिफारिसमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको निर्णाय गर्ने तयारी छ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।
त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस