मानव तस्करमार्फत कम्बोडिया पुगेका १६ नेपालीको उद्धार
काठमाडौं - मानव तस्करका प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको छ ।
कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसेका १६ जना नेपालीहरूको उद्धार गरिएको हो ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको जनाएको छ ।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको राजदूतावासले जनाएको छ ।
'कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,' दूतावासद्धारा जारी सुचनामा भनिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस