माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
खबर एक्सप्रेस
२०७८-०४-२१ ०९:१४ मा प्रकाशित
Total Shares: 313
काठमाडौं - बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक ११ बजे बोलाइएको स्रोतले जनाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरूलाई समेत काठमाडौं डाकिएको स्रोतले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षले भने एक विज्ञप्ति जारी गर्दै पार्टीले आधिकारिक रुपमा नबोलइएको बैठकमा सहभागी नहुन आग्रह गरेको छ । अध्यक्ष ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस