एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने
खबर एक्सप्रेस
२०८२-०५-१८ १०:३८ मा प्रकाशित
Total Shares: 112
काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा चल्ने विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीको रानीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस