प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०७७-१२-१० ०९:४३ मा प्रकाशित
Total Shares: 369
काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्नेछ ।
संघीय संसद् सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन् ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।
फेसबुक पेज Like गर्नुहोस