आन्दाेलनकारी कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेश निषेध
काठमाडौं - नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो ।
तर, सुरक्षाकर्मीले आन्दाेलनकारीलाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाएकाे छ । बारको टोली सर्वाेच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएकाे छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सर्वाेच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वाेच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस