असारका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं - असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।
वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका हुन ।
२० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ ।
जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.३४ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३.१८ प्रतिशत कायम भएको छ । जेठमा ३.२० प्रतिशत थियो । असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
ब्याजदर घटाएको कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३ दशमलव ९१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४ दशमलव ७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ दशमलव ९५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याज दिनेछ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४.७५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत, माछापुच्छ्रे बैंक ४.५० प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् । आइतबार असार महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस