काठमाडौं - बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं ७ निवासी ६४ वर्षीय पुरुषको बुधबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ।
फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।
उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो। असोज ५ गते पिसिआर परीक्षणका गर्दा उनलाई कोरोना पुष्टि भएको थियो ।
यो सँगै बाँके बाहेकका जिल्लाहरू अछाम, कैलाली, सुर्खेत र बर्दिया जिल्लाका एक।एक जना गरी ४ जना संक्रमितको मृत्यु भइसकेको छ।

.gif)


