काठमाडौं - हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा खुद नाफामा १५.९० प्रतिशतको वृद्धिसँगै उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो ।

बैंकको सञ्चालन मुनाफा २६ दशमलव २७ प्रतिशतले बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा साढे ३० करोडबाट घटेर साढे १४ करोड पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ९४ पैसा रहेको छ।

बैंकको जगेडा कोष १४ दशमलव ३५ प्रतिशत बढेको छ भने निक्षेप १२ दशमलव ५८ प्रतिशत र कर्जा २३ दशमलव ८९ प्रतिशत बढेको छ।