काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

बिहीबार दिउँसो एक पत्रकार सम्मेलन गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको जनाएको हो ।

पत्रकार सम्मलेनमा अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीलार्ई आजबाट तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनलाई मृगौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर रहेको बताइएको छ ।