काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, मन्त्रालयका अनुसार आज थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्। यस्तै १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन्।

.gif)



