काठमाडौं - संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेको छ ।

सो पक्षले काठमाडौँका पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालेको हो । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भएको थियो । अब भृकुटीमण्डपमा हुने सभालाई अध्यक्षद्वय प्रचण्ड-नेपाललगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।