भैसेँपाटीम एभरेष्ट बैंकको शाखा
काठमाडौ - एभरेष्ट बैंक लिमिटेडले भैसेँपाटी,ललितपुरमा शाखा विसतार गरेको छ । यो बैंकको १ सय ४ औं शाखा हो । बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका बडा नै १८ का पुरुषोत्तम खड्काले संयुक्त रुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गरेका हुन ।
उक्त शाखा उद्घाटन समारोहमा निरु जंग थापा, वरिष्ठ उपाध्यक्ष, ललितपुर उद्योग वाणिज्य सघ, लोक बहादुर गुरुङ, भैसेँपाटी क्षेत्र इन्चार्ज, नेपाल प्रहरी, सन्तोष भट्टराई, प्रादेशिक–प्रबन्धक, एभरेष्ट बैंक बाग्मती प्रदेश, पुष्प राज उप्रेती, बजार विभाग प्रमुख, एभरेष्ट बैंक साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको थियो । स्थापना काल देखिनै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन । देशैभरि छरिएर रहेको १ सय ४ शाखा संजाल, प्रादेशिक कार्यालय , १ सय ३६ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस