सार्क सम्मेलन छिट्टै
काठमाडौं - प्नधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियाको साझा पहिचान भएको बताएका छन् ।
सार्क अध्यक्षको हैसियतमा काठमाडौंस्थित सार्क सचिवालयमा शुक्रबार भ्रमण गर्दै उनले साझा 'एजेन्डा' का लागि सार्क सक्रिय रहनुपर्ने औंल्याए।
प्रधानमन्त्री ओलीले भने, "सार्कका सबै नेतृत्ववर्ग सार्कलाई पुनर्जीवित गर्दै क्षेत्रीय सहकार्यका लागि तत्पर छ र यस क्षेत्रको विकासको अपेक्षा पुरा गर्न सार्कलाई प्रभावकारी साधनका रूपमा अघि बढाउन पनि तयार छ ।" प्रधानमन्त्रीले यस क्षेत्रको सद्भाव र एकता सार्कले प्रकट गर्छ, एक अर्ब ७० करोड जनताको आर्थिक विकास. सामाजिक उन्नति र सांस्कृतिक विकासको प्रतिनिधित्व गर्छ भने।
उनले सार्कको १९औं शिखर सम्मेलन अब छिट्टै हुने विश्वास व्यक्त गरे। गएको नोभेम्बरमा नै पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलनको १९ औं संस्करण भारत र पाकिस्तान बीचको तनावका कारण हुन सकेको छैन ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस