काठमाडौं - नेपालमा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ९४२ पिसिआर परीक्षणका क्रममा ३२ जना र २ हजार ११७  एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ७१४ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८४२ रहेको छ ।