काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने भएका छन् । 

प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर, विपक्षीले प्रदेशसभाको अधिवेशन शुरू भएपछि बैठक चल्न सकेको छैन । 

विपक्षीले लगातार बैठक अवरुद्ध गरेपछि सत्तापक्ष पेलेर जाने रणनीतिमा छ ।