विदेश भ्रमणमा नजानुस्ः परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
खबर एक्सप्रेस
२०७६-११-१९ ११:०० मा प्रकाशित
Total Shares: 431
काठमाडौं - सरकारले नेपाली नागरिकलाई विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।
आफ्ना नागरिकलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै सरकारले ट्राभल एड्भाइजरी नै जारी गरेको हो । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि ट्राभल एड्भाइजरी जारी गर्दै सरकारले नागरिकलाई अपील गरेको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले विदेश भ्रमणमा नजान देशवासीलाई अपिल गरेको जानकारी दिएका हुन् ।
कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काम परेमा मात्र जान अन्यथा सबै कार्यक्रम रद्द गर्न सरकारले आग्रह गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस