काठमाडौं - अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत भएका आयोजना पनि स्थगित भएका छन् ।

एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो ।

अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा आधिकारिक इमेल प्राप्त भएको थियो।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा कम्प्याक्टअन्तर्गत कार्यन्वयन गर्ने सम्झौता भएको थियो ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएका हुन् ।