घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७९-१२-२० ११:५३ मा प्रकाशित
Total Shares: 93
काठमाडौं-नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो। यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।
फेसबुक पेज Like गर्नुहोस