इलाम-इलामको देउमाई नगरपालिका–१, चमैता क्षेत्रको चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आइतबार बिहान करिब ६ः३० बजे सडकबाट करिब दुई मिटर तल खसेर बोलेरो दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।