समाज सेवामा नेको इन्स्योरेन्सको अग्रसरता कर्मचारीहरुको तलबबाट रकम कटृा गरी सहयोग
काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुको तलबबाट रकम कटृा गरी सहयोग गरेका छन् ।
हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि देशमा लकडाउनमा भएको कारण केही ब्यक्तिहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी का.म.पा.२९ का वडा अध्यक्षले नेको इन्स्योरेन्स लाई सहयोग गर्न अनुरोध गरेपछि कम्पनीका सम्पूर्ण कर्मचारीहरुको तलबबाट रकम कटृा गरी बिजय मेमोरियल स्कूल, डिल्लीबजारमा उपस्थित भएका करिब ३०० जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न चामल, दाल, नुन, तेल लगाएको सहयोग कम्पनीले प्रदान गरेको छ ।
केहि समय अघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले पनि आठ सय भन्दा बढी विद्यार्थीहरु लाई ब्यक्तिगत रूपमा सहयोग गरेका थिए ।
कम्पनीको प्रेश विज्ञप्ती
देशको निर्जीवन बीमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले २४बर्ष अघि स्थापना भएको नेको इन्सुरेन्स लिमिटेडले हाल नयाञ ब्यवस्थापनकासाथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै बीमा प्रति आम जनसमूदायको सकारात्मक धारणा बनाउञदै विश्वास जित्ने प्रयत्न गरिरहेको छ ।
कम्पनीले आफ्नो ब्यवसायको साथ साथै समाजप्रतिको आफ्नो कर्तब्य सम्झिदै सामाजिक उत्तरदायित्व अन्तर्गत बेलाबखतमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
कम्पनी जस्तै यसका कर्मचारीहरु पनि ब्यक्तिगत रुपमा समाज सेवामा अग्रसर रहेका छन् । हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण का.म.पा. २९ का केही ब्यक्तिहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनीका.म.पा.२९ का वडा अध्यक्ष ज्यूबाट अनुरोध आएकोले कम्पनीका सम्पूर्ण कर्मचारीहरुको तलबबाट रकम कटृा गरी बिजय मेमोरियल स्कूल, डिल्लीबजारमा उपस्थित भएका करिब ३०० जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल) सहयोग प्रदान गरिएकोे छ ।
स्मरण रहोस ्हालै कम्पनीका प्रमुखकार्यकारी अधिकृतले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गर्नु भएको थियो । त्यसै गरी कम्पनीका उपत्यका भित्रका कर्मचारीहरुले सिफलमा करिब ५०० बालबालिका तथा मजदुरहरुलाई १० दिनको लागि आवश्यक खाद्यान्न वितरण गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस